एकैैैैदिन थपिए ४ हजार ३६४ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशभर १८ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको मध्ये ४  हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

डा.गौतमले आज थपिएका सँगै संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको बताए।

बिहीबार काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित र होम आइसोलेसनमा १४ हजार ९ सय ९३ जना रहेका छन्।

हाल ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा २ हजार ६ सय ७५ जना कोरोनामुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुने संख्या ७१ हजार ३ सय ४३ पुगेको छ। संक्रमितमध्ये निको हुने दर ७२. ३७ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय