प्रत्येक दिन १ सय २५ जनाले दृष्टि गुमाउँछन्

आज विश्व दृष्टि दिवस। विभिन्न कार्यक्रमको आयोजना दिवस मनाइँदै छ। ‘दृष्टिप्रतिको आशा’ भन्ने मूल नारासाथ विश्वभर यो दिवस मनाइँदै छ।

नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्रले आँखा स्वास्थ्य सेवा प्रवाह गरे पनि नेपालमा प्रत्येक दिन १ सय २५ जना दृष्टिविहीन हुने गरेका छन्।

त्यसमध्ये ८० प्रतिशत अर्थात् सय जनाले उपचारपछि दृष्टि प्राप्त गर्ने गरेका छन् भने २५ जना अर्थात २० प्रतिशतले दृष्टि गुमाउने गरेका छन्।

दृष्टिविहीनको मुख्य कारण मोतियाबिन्दु, जलबिन्दु, दृष्टिदोष मधुमेह तथा उच्च रक्तचापले दृष्टि पर्दामा हुने रोग रहेको नेत्र विशेषज्ञ चिकत्सकहरू बताउने गरेका छन्।

विश्वमा ३ करोड ६० लाख दृटिविहीन र २१ करोड ७० लाख मध्यम गम्भीर प्रकारको दृष्टिको संख्या गरी २५ करोड ३० लाख विश्वमा दृष्टिविहीनताको समस्या रहेको तथ्यांकले देखाएको छ।

नेपालमा २ लाख ४६ हजार दृष्टिविहीन रहेको अनुमान गरिएको नेत्र विशेषज्ञ डा. कौशल पोखरेलले जानकारी दिएका छन्।

प्रत्येक वर्ष २४ हजार नयाँ दृष्टिविहीन थपिने सम्भावना छ। हरेक दिन एक सय २५ जनाले दृष्टि गुमाउने गरेका छन्। उनीहरूमध्ये ७ जना बालबालिका हुन्छन्।
अहिले दृष्टिदोषका ११ लाख ६४ हजार १६ देखि ३५ उमेरका, करिब ३८ लाख ३५ वर्षका चश्मा लगाउनुपर्ने आँखाका बिरामी छन्।

नेपाल नेत्रज्योति संघअन्तर्गत करिब ९० प्रतिशतभन्दा बढी भागहरूमा आँखा उपचार आँखा अस्पतालहरू, उपचार केन्द्रहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेको नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले बताए।
नेत्रज्योति संघअन्तर्गत हाल नेपालमा २० वटा आँखा अस्पताल र १ सय २१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी उनले दिएका छन्।

यसैगरी प्रदेश ५ मा दृष्टिविहीनको समस्या मोतियाबिन्दुका कारण दृष्टिविहीन २० हजार एक सय, मोतिबिन्दुको समस्या ३० हजार एक सय ५१ र नयाँ दृष्टिविहीनता प्रतिवर्ष १६ हजार ६ सय ४१ रहको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए। दृष्टिविहीनको व्यापकता प्रदेश ५ मा १५ हजार ४ सय ६२ रहेको छ।

दोस्रो दृष्टिविहीनताको सर्वेक्षणअनुसार २०१० मा शून्य दशमलब ८४ नेपालमा थियो भने हाल शून्य दशमलब ३५ मा झरेको छ।

साविक राप्ती अञ्चलमा भने शून्य दशमलब ८७ रहेकोमा हाल शून्य दशमलब १३ प्रतिशतमा झरेको वरिष्ठ प्रशासक थापाले जानकारी दिए।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित तीनवटा आँखा अस्पताल र उपचार केन्द्रले हालसम्म २८ लाख ३८ हजार ५ सय ४० जनाको आँखा जाँच सेवा दिएको छ। त्यस्तै एक लाख ८० हजार ९ सय ८८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरिएको छ।

त्यसमध्ये ४ लाख ३१ हजार ५ सय ७२ जना ओपिडी र ३६ हजार ४ सय २४ जना मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको वाह्य कार्यक्रम संयोजक शाकिकराम गौतमले जानकारी दिएका छन्।

उनले अस्पतालले विभिन्न सचेतनामूलक कार्यक्रम समेत गर्ने गरेको बताए।

आँखा स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउन, अस्पतालसम्म उपचारका लागि आऊन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी, औषधी बिक्रेता, पत्रकार, स्थानीय निकायका जनप्र्रतिनिधिहरू, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, धामीझाँक्री, आमा समूहलाई आधारभूत आँखा स्वास्थ्य तालिम, विभिन्न समयमा आँखा स्वास्थ्य सेवा दिने गरेको बताए।

उनले आँखामा चोटपटक लाग्यो तथा आँखामा समस्या आयो भने परम्परागत रूपमा झारफुक गर्ने, जडिबुटीहरू हाल्ने, ढिलो गरी अस्पतालसम्म पुगेर उपचार गराउने र अस्पतालसम्म आउँदा दृष्टि नै गुम्ने भएका कारण सचेतनाका लागि तालिम दिने गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय