कोरोना संक्रमित ८३ वर्षे वृद्धको पाेखरामा मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको बिहीबार मृत्यु भएको हो।

असोज १३ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनी आइसियुमा भर्ना भएका थिए।

वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका आठ, गोरखाका सात, तनहुँका पाँच, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक÷एक जना छन्।

३७ जनामा संक्रमण

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नवलपुरका १९, बागलुङका १२, कास्कीका पाँच र तनहुँका एक जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ४७ पुगेको छ। तीमध्ये ३१ सय ४९ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय