शिक्षा मन्त्रालयमा सरकार र केसीका प्रतिनिधि बीच छलफल जारी

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको मागको विषयमा शिक्षा मन्त्रालयमा छलफल जारी रहेको छ।

अनशनरत केसी  र सरकार पक्षबीच शिक्षा मन्त्रालयमा छलफल चलिरहेको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।

सरकारी टोलीबाट शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा रहेका छन्।

डा केसीको वार्ता टोलीमा डा जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की रहेको छन्।

डा. केसीको स्वास्थ्य दिन—दिन गम्भीर बन्दै गएको छ।

उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको चिकित्सकले बताएका छन्।

गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए। डा। केसीको जीवन रक्षाको लागि देशव्यापी रूपमा चिकित्सकले आन्दोलन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय