डा. केसीको जीवन रक्षाको लागि अस्पतालको सेवा बन्द गरेर धर्नामा उत्रिए डाक्टर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको लागि देशभरका चिकित्सकले धर्ना दिइरहेका छन्।

बुधबार नेपाल चिकित्सक संघले निकालेको विरोध कार्यक्रमको निर्धारत समयमा उनीहरूले अस्पतालका आकस्मिक र कोभिड १९ का सेवा बाहेक अन्य सेवा बन्द गरी धर्नामा उत्रिएका हुन्।

बिहिबार त्रिवि शिक्षण अस्पतालमा डा. केसीको मागको तत्कालै पुरा हुनुपर्ने भन्दै चिकित्सक संघका पदाधिकारी तथा अस्पतालका चिकित्सकले समर्थन जनाएका हुन्।

आजै डा. केसीको मागको विषयमा छलफलको लागि सरकारले वार्ताको लागि बोलाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय