अनशन बसेको २५ औं दिनमा सरकारले वार्ताको लागि बोलायो

डा. गोविन्द केसीको अनसनमा बसेको २५ औं दिनमा सरकारले वार्ताको लागि बोलाएको छ।

अनशनरत केसी पक्ष र सरकार पक्षबीच आज वार्ता हुने भएको छ।

डा केसीले उठाएका मागका विषयमा छलफल गर्न बिहान साढे १०ः ३० बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।

सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल हुन लागेको हो।

सरकारी टोलीबाट शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा रहेका छन्।

डा केसीको वार्ता टोलीमा डा जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की रहेका छन्।

डा. केसीको स्वास्थ्य दिन—दिन गम्भीर बन्दै गएको छ।

उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको चिकित्सकले बताएका छन्।

गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए। डा. केसीको जीवन रक्षाको लागि देशव्यापी रूपमा चिकित्सकले आन्दोलन गर्दै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय