बिर्तामोडको हिरासतमा रहेका चारजना थुनुवालाई कोरोना

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा एकजना बिर्तामोड नगरपालिका ५ र अरु तीन जना भद्रपुर नगरपालिकाका बासिन्दा हुन् ।

बिर्तामोड प्रहरीको हिरासतमा रहेका १० जनाको पिसिआर परीक्षण गर्दा चारजनाको रिपोर्ट पोजिटिभ आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय