सरकारले वार्ता टोली बनायो, डाक्टर केसीका समर्थक छलफलमा

सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ। २४ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको हो।

टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

मैनालीको टोलीले मंगलबार नै टिचिङ अस्पताल पुगेर डा। केसीसँग भेट गरेको थियो। भेटमा मैनालीले केसीलाई अनसन तोड्न आग्रह गरेका थिए।

केसीको समर्थनमा देशभर प्रदर्शन भइरहेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मी पनि केसीको पक्षमा आन्दोलित छन्।

यस्तै डा। केसीका तर्फबाट सरकारसँग वार्ता गर्नका लागि उनका छलफल भइरहेको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय