देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

नेपाल चिकित्सक संघले देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने सरकारलाई चेतावनी दिएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै संघले डा. गोविन्द केसीको माग तथा जीवन रक्षामा कुनै चासो नदेखाको भन्दै सो निर्णय लिएको हो।

यसअघि संघले सरकारलाई वार्ता टोली गठन गरी र संवादको माध्यमबाट डा.केसीको सत्याग्रह अन्त्य गर्नको लागि ७२ घन्टे अल्मिेटम दिएको थियो।

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको र जीवन रक्षाकाृ लागि लिखित विरोधका कार्यक्रम गर्न संघले घोषणा गरेको छ।

यस्ता छन् विरोधका कार्यक्रम: 

१.२०७७ आश्विन २२ गते विहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड १९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बन्द गर्ने

२.२०७७ आश्विन २२ गतेदेखि संघका शाखा कार्यालयहरूमा र देशभरका सम्पुर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सुचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्न

३.२०७७ आश्विन २३ गते शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक तथा कोभिड १९ सेवा बाहेक अन्य स्वास्थ्य सेवा पुर्ण रूपमा बहिष्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय