डा. केसीका पक्षमा देशव्यापी सत्याग्रह

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ।

सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीले डा. केसीको जीवन रक्षाको लागि देशव्यापी रूपमा नागरिकलाई सत्याग्रह सुरू गर्न आग्रह गरेका छन्।

सबैले कोरोनाको मापदण्ड पालना गर्दै आ—आफ्ना ठाउँमा अभियानअन्तर्गत अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह सुरू हुने जानकारी दिएका छन्।

केसीले १९औं सत्याग्रह सुरू गरेको बुधबार २४ औं दिन पुगेको छ।  उनको स्वास्थ्य गम्भीर बन्दै गए पनि सरकारले औपचारिक रूपमा कुनै वार्ता गरेको छैन।

सरकार र सत्तारूढ नेकपाले अनशन अन्त्य गर्न आग्रह गरे पनि डा केसीले मानेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय