रक्तदान सम्बन्धी चेतना बढाउन गायिका इन्दिरा जोशीले अनलाईन कन्सर्ट गर्दै

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज २१ गते १७:१३

कोरोना बढ्दै गएका कारण देशैभरी रगतको अभाव बढ्दै गएको छ। संक्रमणको त्रासका कारण रक्तदान गर्नेहरुको संख्या पनि घट्दै गइरहेको बेला रक्तदाताहरूलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले असोज २४ गते काठमाडौंमा अनलाईन कन्सट गर्न आयोजना गर्न लागिएको छ ।

हाम्रो लाइफ बैंकले आयोजना गरेको अनलाइन कन्सर्ट कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका इंदिरा जोशी र ब्यान्डले सांगीतिक कार्यक्रम प्रस्तुत गर्दैछन्।

स्वस्थ युवाहरुलाई नियमित रुपमा रक्तदान गर्नका लागि प्रेरित गर्ने उद्देश्यले अनलाइन कन्सर्ट गर्न आयोजना गर्न लागिएको कन्र्सटको मिडिया संयोजक प्रज्ञा ज्ञवालीले बताइन्।

गायिका इंदिरा जोशी आफैंमा रक्तदाता पनि हुन्। गायिका जोशी रक्तदान कार्यक्रमहरूमा सक्रिय छिन्। कन्सर्टका माध्यमबाट रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने गायिका जोशीले बताइन्।

गायिका जोशीलाई एनआरएनए बीटीएस र नेपाल रेडक्रस सोसाइटीले रक्तदानको बारे जनचेतना फैलाउनका लागि विशेष दूत नियुक्त गरेको छ।

हाम्रो लाइफ बैंकले केन्द्रीय र क्षेत्रीय ब्लड बैंकहरुमा रगतको स्टक वृद्धि गर्न नेपालका विभिन्न स्वयंसेवी र गैर नाफामुखी संस्थाहरूसंग सहकार्य गरी रक्तदातालाई रक्तदान गर्न उत्प्रेरित गर्दै आएको छ ।

‘बीट्स फर लाइफ’ कन्सर्टको प्रमुख उद्देश्य रक्तदाताहरू र युवा वर्गहरुलाई नियमित रूपमा रक्तदान गर्न प्रोत्साहित गर्नु रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय