बुधबार थप १५ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ५ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ। यो संक्रमित मध्य ज्यान गुमाउने ०.६१ प्रतिशत हो।

पछिल्लो २४ घन्टामा मोरङमा दुईजना, सिराहा र रौतहटमा एकरएक जना काठमाडौंमा ६ जनाले ज्यान गुमाएका छन्।

यस्तै ज्यान गुमाउनेमा ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका एक/एक जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय