अहिलेसम्मकै धेरै संक्रमण, एकैदिन थपिए ३४३९

बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३४३९ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४२०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, भक्तपुरमा ९५ ललितपुरमा २९३ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२६ जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन्।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६८ हजार ६ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय