भक्तपुरमा नियन्त्रण बाहिर जाँदै कोरोना संक्रमण

भूगोलका हिसाबले नेपालकै सबैभन्दा सानो जिल्ला हो भक्तपुर। ऐतिहासिक सहर भक्तपुर संघीय राजधानी काठमाडौंसँग जोडिएको छ। त्यसैले पनि यहाँको जनघनत्व सबैभन्दा बढी छ।

विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव पनि जनघनत्व धेरै भएका शहरमा बढी फैलिएको छ। पछिल्लो समय भक्तपुरमा पनि जनघनत्व बढी हुनुका साथै संक्रमितको संख्या पनि दैनिक बढ्दै जानुले कोरोना नियन्त्रणबाहिर जान थालेको छ।

संघीय सरकारका नियका, प्रदेश तथा स्थानीय निकायलाई अहिले कोरोना नियन्त्रणमा चुनौती थपिएको छ। हाल दैनिक एकसय बढी नयाँ संक्रमित थपिँदै जान थालेका छन्। सिमित स्रोतसाधनका कारण पनि सम्बन्धित निकायको नियन्त्रणबाहिर जाँदैछ कोरोना।

भक्तपुर अस्पताल आइसोलेनमा कति ?

भक्तपुरमा मात्र अहिलेसम्म दुई हजार ६ सय ३७ जना संक्रमित भइसकेका छन्। जसमा एक हजार ४ सय ४६ जना निको भइसकेका छन्।
भक्तपुरमा अहिले सक्रिय संक्रमित एक हजार १ सय ५१ जना छन्।

जसमा भक्तपुर नगरपालिकामा एक सय २४ जना, चागुनारायणमा ३३ जना, मध्यपुर थिमीमा ८५ जना र सूर्यविनायक नगरपालिकामा ६९ जना छन्।

जम्मा ३ सय ११ जना अस्पतालको आइसोलसनमा उपचार गरिरहेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।

कुन अस्पतालमा कति आईसियू बेड र कति भेन्टिलेटर?

भक्तपुर अस्पतालमा ४ वटा आईसियू छन् तर बिरामी भने ६ जना रहेको मिजारले बताए। बाँकी नेपाल कोरियामैत्री अस्पतालमा ८ वटा, केएसीमा ७ वटा गरी जम्मा १९ वटा आईसियूहरु रहेका छन्।

यी तिनैवटा अस्पतालमा भेन्टिलेटरको व्यवस्था भएको उनले बताए। भक्तपुरमा तीनवटा, नेपाल–कोरिया मैत्री अस्पतालमा ६ वटा र केएसीमा तीनवटा भेन्टिलेटरहरु सञ्चालनमा रहेका छन्।

आवश्यक परेका खण्डमा ९ वटा भेन्टिलेटर र १५ वटा आईसियू सञ्चालनमा ल्याउन सकिने उनी बताउँछन्।

‘अहिलेका लागि सबै आईसियूहरु प्याक भएका छन्,’ उनले भने, ‘अहिले सरकारी अस्पतालबाहेक बिरामीको आर्थिक अवस्था राम्रा भएकाहरु गा्रयण्डी अस्पतालमा पनि भक्तपुरका कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ’, उनले भने।

अहिलेकै अवस्था रहे भक्तपुरले कोरोनाका बिरामी धान्न नसकिने उनी बताउँछन्। ‘भक्तपुरमा मात्र ८ सय ७१ आइसोलेसन तयार भएका छन्,’ उनले भने, ‘संक्रमित भने एक हजार एक सय ५१ जना छन्, होम आइसोलेसन नभएको भए कहाँ राख्ने बिरामीलाई।’

होम आइसोलेसनमा बसेका संक्रमित कति ?

सरकारले लक्षण नभएकाहरको लागि होम आइसोलेसनमा बस्ने निर्णय गरेपछि धेरै संक्रमितहरु होम आइसोलेसनमा बसेका छन्। भक्तपुर जिल्लामा मात्र अहिलेसम्म आठसय ४० जना होम आइसोलेसनमा बसिरहेको जनस्वास्थ्यको तथ्यांकले जनाएको छ।

जसमा चारसय ५२ पुरुष र तीनसय ८८ जना महिला छन्। भक्तपुर नगरपालिकामा दुईसय २१ जना, चागुनारायणमा ८०, मध्यपुर थिमीमा दुईसय ७१, सूर्यविनायकमा दुईसय ४१ र अरु जिल्लाका २७ जना होम आइसोलेसनमा बस्दै आएको भक्तपुर जनस्वास्थ्य कार्यलयले जनाएको छ।
३३ जनाको मृत्यु

भक्तपुर नगरपालिका चारवटा नगरपालिकामा अहिलेसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा बढी मध्यपुरथिमीमा १६ जना, भक्तपुरमा १०, सूर्यविनायकमा ६ जना र सबैभन्दा कम चागुनारायण नगरपालिकामा एक जनाको मृत्यु भएका छन्।

सात आइसोलेसन सेन्टर

भक्तपुुरमा आइसोलेसन सेन्टर जम्मा सातवटा छन्। खरीपाटी आइसोलेसनमा दुई सय, तेलकोट खानेपानीमा २३, कृषि विकास तालिम केन्द्र बोडेमा ५० वटा, सैनिक स्कुलमा एकसय १५, सुर्यविनायक ब्यारेकमा ७५, सैनिक इन्टरनेसल शिक्षालयमा एकसय ३० र भक्तपुर नगरपालिकाको आइसोलेसनमा ७५ बेड गरी जम्मा सातसय तीन बेड रहेको मिजारले बताए।

जसमा चारसय ११ बेडमा संक्रमित छन् भने बाँकी दुईसय ९२ बेड खाली रहेको उनले बताए।

अस्पतालमा एकसय ६८ आइसोलेसन बेड

भक्तपुरका अस्पतालमा जम्मा एकसय ६८ आइसोलेसन बेड छन्।

जसमध्ये भक्तपुर अस्पतालमा १५, इवामुरामा ४, नागरिकमा ३, सिद्धि स्मृतिमा १, मध्यपुर थिमीमा १३, नेपाल–कोरियामैत्रीमा ९, केएसीमा एकसय, वीपीआई फाउडेसनमा १, भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रमा २, समिटमा १०, आरोग्यमा ४, क्यान्सर अस्पतामा ६ वटा गरी जम्मा १ सय ६८ वटा आइसोलेसन बेड अस्पतालहरुमा रहेको मिजारले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय