बुटवलमा थप दुई कोरोना स‌ंक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीय महिला रहेका छन्।

स्वास्थ्यमा समस्या भएपछि पिसिआर परीक्षणमा १६ गते पोजेटिभ नतिजा आएपछि अस्पतालको आइसियुमा भर्ना गरिएका पुरुषको राति मृत्यु भएको हो।

उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए।

त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पिसिआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको उनले जानकारि दिए।

उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय