रक्तदानका अभियान्ता चौहानलाई कोरोना संक्रमण

रुपन्देहीमा रक्तदान अभियान चलाइरहेका अभियान्ता कृष्ण चौहान क्षेत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना महामारीका समयमा पनि रक्तदान अभियानका संक्रिय चौहानलाई अभियान मंगलबार कोरोना पुष्टि भएको हो।

‘शुक्रबारदेखि स्वास्थ्यमा केही अप्ठयारो भएकोमा मंगलबार पिसिआर चेक गर्दा पोजेटिभ देखिएको हो। अहिले हल्का टाउको दुखेको छ, हिजोदेखि ज्वरो पनि ठिक भइसकेको छ,’ चौहानले भने। उनी होम आइसोलसनमा रहेका छन्।

उनको पहलमा बुटवलमा हालसम्म ८८ जनाले कोरोनाको उपचारका लागि प्लाज्मा डोनेट गरीसकेका छन्। उनले कोरोना जितेपछि कोरोना बिरामीको लागि प्लाज्मा डोनेट गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय