हास्य कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना पुष्टि

हास्य कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू र आफ्नी श्रीमती रमिला पाठक कोरोना संक्रमणमा परेको जानकारी दिएका छन्।

सोमबार सामान्य लक्षण देखिएकोमा पिसिआर टेष्टमा पोजेटिभ रिपोर्ट आएकाले आफूसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो संक्रमणबारे जानकारी दिँदै उनले भनेका छन्, ‘ सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं ्र हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो।’

उनले आफ्नो स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको जानकारी गराएका छन्। ‘हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ उनले लेखेका छन्।

यस्तै उनले सबैको माया, आर्शिवाद र शुभेक्षाका कारण छिट्टै कोरोना जित्नेमा विश्वास पनि व्यक्त गरेका छन्। कोरोना संक्रमण फैलिने क्रम बढ्दो रहेकाले सबैलाई सचेतना अपनाउन अनुरोध पनि गरेका छन्।

उनले भनेका छन्, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय