मंगलबार कोरोनाबाट ९ जनाको मृत्यु

सोमबारको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा कम देखिएको छ। सोमबार देशभर १९ जनाको मृत्यु भएकोमा आज ९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जना पुरुष र चार जना महिला गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म नेपवालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। नेपालमा संक्रमित हुनेमध्ये ०.६२ प्रतिशत संक्रमितको ज्यान गएको छ।

सोमबार मृत्यु हुनेहरुमध्ये काठमाडौंका २ महिला, ललितपुरका दुई पुरुष र एक महिला, चितवन, नवलपरासीपूर्व, सुनसरी र तह्रथुममा एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय