मंगलबार १५५१ जना नयाँ संक्रमित थपिए, २३४० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय ५१ जना कोरोना भाइरस संक्रमणका नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अवधिमा गरिएको ११ हजार ४७ पिसिआर परीक्षणमध्ये एक हजार पाँचसय ५१ जना नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै यस अवधिमा संक्रमितको संख्याभन्दा अधिक कोरोना जितेर डिस्चार्ज भएका छन्। प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार तीन सय ४० जनाले कोरोना जितेका छन्। उनीहरु सबै आ–आफ्नो घर फर्किसकेको डा. गौतमले जानकारी दिए।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको मन्त्रालयले जनाएको छ। यस्तै, संस्थागत आइसोलेसनमा ९ हजार एकसय १८ जना रहेका छन् भने, होम आइसोलेनमा १३ हजार पाँचसय ९१ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उपत्यकामा एक हजार १९ जनामा नयाँ संक्रमण

मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै, क्वारेन्टाइनमा चार हजार २२१ जना रहेका छन्। आईसियूमा २४३ जना रहेका छन् भने, भेन्टिलेटरमा ४० जना रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको दर ७४.३ प्रतिशत रहेको छ। हालसमम ६७ हजार पाँचसय ४३ जनाले कोरोना जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय