डा. गोविन्द केसीको पक्षमा अनशन बस्दै युरोपेली नागरिक इमिलिया

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको पक्षमा एक युरोपेली नागरिकले पनि समर्थन जनाउँदै अनशनमा बस्ने घोषणा गरेकी छिन्।

डा. गोविन्द केसी संसारकै महात्माहरुमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले एकदिन भोक हडतालमा बस्ने घोषणा गरेकी हुन्।

नेल्सन मण्डेला र महात्मा गान्धीसँग डा. केसीलाई तुलना गर्दै अक्टुबर ७ अर्थात भोली असोज २१ गते एकदिने अनशनमा बस्ने घोषणा गरेकी हुन्।

उनले आफ्नो नेपालसँग निकै प्रेम रहेको र डा. केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेको भन्दै अनशनलाई समर्थन जनाएकी हुन्।

उनले भनेकी छिन्, ‘लेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरु थिए, यस्तै, डा. गोविन्द केसी पनि उनीहरुजस्तै मध्येका एक हुन्।

उनको पक्षमा अक्टुबर ७ मा एक दिने भोक हडतालमा भाग लिन पाउँदा खुसी छु।’ साथै उनले संसारको कुनै पनि ठाउँमा बसोबास गर्ने नागरिकका लागि डा. केसी राम्रो बनाउनका लागि लागिपरेको पनि बताएकी छन्।

‘उहाँ संसारको कुनै पनि ठाउँमा बसोबास गर्ने नागरिक र यस ग्रहलाई नै राम्रो बनाउनका लागि संघर्ष गरिरहुनुभएको छ। यसमा साथ दिने सबैमा मेरो संमवेदना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय