डा. केसीलाई सम्पुर्ण चिकित्सकको साथ, देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरू धर्नामा उत्रिएका छन्।

सरकारले डा. केसीको जीवन रक्षाको लागि वार्तामा नगरे खण्डमा देशव्यापी रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आज विर अस्पतालको प्रागणमा विभिन्न स—सस्थामा आबद्द चिकित्सकले तत्काल डा. केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिएका छन्।

अस्पतालमा १ घन्टाको धर्ना कार्यक्रममा चिकित्सकले वार्ता गरी समस्याको समधान गर्न सरकारलाई अनुरोध समेत गरेका छन्।

धर्ना कार्यक्रममा नेपाल चिकित्सक संघका पदाधिकारी, एफडिएका पदाधिकारीले सहभागिता जनाएका थिए।

नेपाल चिकित्सक संघले दिएको ७२ घन्टे दिएको अल्टिमेटम सम्म पनि वार्ताको लागि केही पहल नभए देशव्यापी रूपमा आन्दोलनमा उत्रिने सम्मको अध्यक्ष डा. लोचन कार्कीले चेतावनी दिएका छन्।

‘सबै जनताले समान शिक्षा पाउनुपर्छ भनेर माग राख्दै आउनु भएको छ, डा. कार्कीले भने,‘ अनसनको २३ दिन बितिसक्दा पनि सरकारले नदेखेको जस्तो गरिरहेको छ। उहाँलाई केही भएको खण्डमा यसको जिम्मा सरकारले नै लिनुपर्दछ।’

फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेतले डा. केसीको जीवन रक्षा अपरिहार्य रहेकोले सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताए।

त्यसैगरी, आवसकीय चिकित्सक संगठन न्याम्सको तर्फबाट डा. प्रकास भट्टराईले डा. केसीको जीवन रक्षाको लागि सरकारले तत्कालै वार्ता गर्नुपर्ने बताए।

धर्ना कार्यक्रम निरन्तर रूपमा जारी रहेने चिकित्सकले बताएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय