जन्मदर बढाउन बच्चा जन्माउनेलाई बाेनस अफर

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज २० गते १२:०७

 

 

 

 

सिंगापुर सरकारले जन्मदरलाई बढावा दिन दम्पत्तिका लागि बोनस अफर ल्याएको छ। कोरोना महामारीको समयमा जन्मदरलाई बढाउन सिंगापुर सरकारले बोनसको अफर ल्याएको हो । यद्यपि बोनस स्वरुप कति रकम दिइने हो भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

सिंगापुर विश्वमा कम जन्मदर भएको देशमध्ये एकमा पर्दछ जहाँ दशकौंदेखि जन्मदरलाई बढाउन थुप्रै प्रयत्नहरु गरिएका छन्। कोरोना महामारीले जागिर गुमेको तथा आर्थिक अभावले सिंगापुरका दम्पत्तिहरु सन्तान योजनाबाट पछि हटेको पाएपछि सरकारले बोनसको व्यवस्था गर्न लागेको हो।

‘हामीले कोरोना महामारीका कारण दम्पत्तिहरुले सन्तानको योजनालाई स्थगित गरेको प्रतिक्रिया प्राप्त गर्यौ, उप–प्रधानमन्त्री हेङ स्वी किटले भन्नुभयो, ‘दिइने बोनस रकमबारे अझै प्रष्ट भइसकेको छैन।

सन् २०१८ मा सिंगापुरमा प्रजननदर ८ वर्षयताकै कम रह्यो। प्रति महिलाको प्रजननदर १.१४ रहेको छ । धेरै एसियाली देशहरुले कम प्रजननदर समस्याको सामना गरिरहेका छन्।’  बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय