डा. केसीको जीवन रक्षाका लागि चिकित्सकहरूद्वारा ओपिडी सेवा बहिष्कार

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्।

हिजो साझँ एक विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कारको निर्णय गरेका नेशनल रेसिडेन्ट डाक्टर्स एसोसिएसन डा. सभाष देवकोटा बताए।

डा.केसीले अनसन सुरु गरेको मगंलबार २३ दिन बित्दा पनि माग पूरा गर्न सरकारले गैरजिम्मेवारी देखाएको भन्दै आवासीय चिकित्सकहरूले चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका छन्।

यसअघि उनीहरूले कोभिड, इमर्जेन्सी तथा इन्डोर सेवा बाहेक अन्य सेवा दैनिक २ घन्टा बन्द गरी धर्ना दिने तथा र्याली गर्ने समेत काम गर्दै आएका थिए।

ओपिडी सेवा बन्द गर्नुका साथै आवासीय चिकित्सकहरूले कालोपट्टीसहित धर्नाका विभिन्न कार्यक्रमसमेत संचालन गरिने डा. देवकोटाले बताए।

तर कोभिड, इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरिए पनि कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने जनाएका छन्।

डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी तत्काल उनका माग पूरा गर्न समेत उनीहरूले माग गरेका छन्।

सरकारले तत्काल डा केसीका माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको चेतावनी समेत छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय