विराट मेडिकल कलेजमा १५५० मा पिसिआर परीक्षण

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एक हजार ५ सय ५० मा पिसिआर परीक्षण सुरू गरेको छ।

एक साता अगाडीबाट सञ्चालनमा आएको पिसीआर परीक्षण प्रयोगशालामा १ हजार ५ सय ५० मा नै परीक्षण हुने अस्पताल जनाएको छ।

परिक्षणको रिपोर्ट ६ घण्टामा बिरामी वा बिरामीका आफन्तलाई उपलब्ध गराउने अस्पतालका माइक्रोबायोलोजिस्ट डा. रणधीरसिंह राठोर बताउँछन्।

रिपोर्ट छिटो आउने भएकाले बिरामीको अवस्था बुझेर सम्बन्धित डाक्टरलाई जानकारी गराउने गरेको कारणले गर्दा उपचार गर्न सहज हुनजान्छ।

अस्पतालले दिने रिर्पोट सतप्रतिशत सहि,बिश्वसनिय रहेको राठोरको दाबी छ।

साथै यस बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले अशक्तहरूका लागि घरमै गएर स्वाब संकलन गर्ने र रिपोर्ट पनि पुर्याउने व्यवस्था पनि गरेको छ ।

अस्पतालको प्रयोगशालामा एकै पटक ९६ जनाको परीक्षण गर्न सकिनेछ । विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि कोभिड १९ अस्पताल पनि सञ्चालनमा ल्याई संक्रमितहरुको उपचार पनि गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय