सोमबार कोरोनाबाट १९ जनाको ज्यान गयाे, उपत्यकाकै १२ जना

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ जना पुरुष र पाँच महिलाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार यससँगै हालसमम नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। नेपालमा संक्रमित हुनेमध्ये शून्य दशमलव ६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ। मृत्यु हुनेहरुमध्ये उपत्यकाकै १२ जना छन्।

काठमाडौंका ९ जना र ललितपुरका ३ जनाको कोरोनाबाट मृत्यु भएको हो। यस्तै, सर्लाहीका दुई जना, पर्साका एक जना, चितवनका एक जना, गोरखा, नवलपरासीपूर्व र सुनसरीका एक÷एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशैभर दुई हजार चार सय ४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। १३ हजार ७८१ जनामा गरिएको पिसिआरमध्ये दुई हजार चारसय ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय