पछिल्लाे २४ घण्टामा देशभर २४४० जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशैभर दुई हजार चार सय ४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। १३ हजार ७८१ जनामा गरिएको पिसिआरमध्ये दुई हजार चारसय ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

डा. गौतमका अनुसार आज देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन्, भने होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, उपत्यकामा आज जम्मा एक हजार ५३१ जना नयाँ संक्रमित फेला परेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा एक हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका छन्। देशभरका क्वारेन्टाइनमा चार हजार ३३ जना बसेका छन्।

यस्तै, आइसियुमा दुई सय ४४ जना र भेन्टिलेटरमा ४३ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। उनका अनुसार आज देशभरमा एक हजार एकसय ३३ जना भएका छन्, यससँगै हालसम्म ६५ हजार २०२ जनाले कोरोना जितेका छन्।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ७३ प्रतिशत रहेको डा. गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय