कर्मचारीमा कोरोना देखिएपछि भक्तपुर यातायात कार्यालय बन्द

भक्तपुरको यातायात व्यवस्था कार्यालय बन्द भएको छ। यातायात कर्मारीमा कारोना पुष्टि भएपछि भक्तपुरको यातायात व्यवस्था कार्यालयल बन्द गरिएको हो।

जगातीस्थित चालक अनुमति पत्र कार्यालयका एक कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अनिश्चितकालका लागि सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख शशीशंखर महर्जनले बताए।

कार्यालयमा ३८ जना कर्मचारी कार्यरत रहे पनि संक्रमित कर्मचारीको सम्पर्कमा आएका ८ जना कर्माचारीको मात्रै स्वाब परीक्षणका लागि लगिएको उनले बताए।

यातायात कार्यालय बन्द हुँदा सेवाग्राहीहरु कार्यालयसम्म आएर फर्किने गरेका छन्। लकडाउनयता यातायात कार्यालयले चालक अनुमति पत्र वितरण, र नवीकरण गर्ने कार्य गर्दै आएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय