डा. केसीको जीवन रक्षाको लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले र्याली गर्ने

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज दिउँसो र्याली गर्न भएका छन्।

कोभिड र इमर्जेन्सीबाहेकका सेवा छाडेर दिउँसो १ बजेबाट ३ बजेसम्म अस्पतालदेखि महाराजगन्जसम्म र्याली गर्न लागेका नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुभास देवकोटाले जनाकारी दिए।

आइतबार पनि रेजिडेन्ट डक्टर्सले अस्पताल प्रागणमा २ घन्टा शान्ती पुर्ण धर्ना दिएका थिए।

चिकित्सा शिक्षा सुधारका माग राख्दै २२ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ। उनलाई छाती, मांसापेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यले बताए।

‘अनशनको समय लम्बिदै जाँदा केसीलाई बढी थकान महसुस भइरहेको पाइएको छ, डा. आचार्यले भने, ‘केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चाल घटबढ भइरहेको छ।’

उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको डा. आचार्यले बताए।

डा.केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ।

चिकित्सकहरूले डा केसीको अवस्था खराब हुँदै गएको बताएपनि उनले कुनै उपचार लिन मानेका छैनन्।

उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्। तर, सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।

सावधानी स्वरुप हिजोदेखि डा. केसीलाई स्वास्थ्यकर्मी बाहेक अरुले भेट्न नपाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय