सरकारलाई चिकित्सक संघकाे ७२ घन्टे अल्टिमेटम, डा. केसीको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग  वार्ता टोली  गठन गरी माग सम्बोधन गर्न सरकारलाई  ७२ घन्टे अल्टिमेटम दिएको छ।

आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको गराउनका लागि सरकारलाई अनुरोध गरेको हो।

संघले ७२ घन्टाभित्र वार्ता टोली गठन गरी कुनै पहल नगरेको खण्डमा जस्तो सुकै कठोर कदम सम्म चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेछ, विज्ञप्ति भनिएको छ,‘ यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ।’

डा.गोविन्द केसीको जीवन रक्षाका निम्ति हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशीघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको मागमा सरकारले कुनै चासो देखाएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय