सरकारले मास्क तथा भौतिक दुरी कायम नगर्ने व्यक्तिलाई जरिवाना लिने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज १८ गते १७:१३

सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने व्यक्तिलाई जरिवाना तिराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड नअपाउने व्यक्तिले अब उप्रान्त जरिवाना तिर्नुपर्ने व्यवस्था लागू हुन लागेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने बताए।

‘सरकारले बारम्बार जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ। तर, केही व्यक्तिले पालना गरेको पाइएको छैन, डा. गौतमले भने,‘अब पनि पालना नगरेमा जरिवना तिर्नु पर्ने हुनेछ।’

डा. गौतमले अति आवश्यक नपरि घरबाट नस्किने, दुई मिटरको दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग तथा साबुन पानीले हात धुनको लागि आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय