स्वास्थ्य मन्त्रालयले भन्यो— जहाँ छौ त्यहीबाट दशैँ मनाऔं

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज १८ गते १६:४३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमणलाई मध्यनजरलाई चाडपर्व जहाँ रहि आइएको छ, त्यहि बसेर मनाउनको लागि अनुरोध गरेको छ।

आइतबार मन्त्रालयको प्रेस अपटेड मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन।

‘काठमाडौं उपत्यका तथा शहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ, डा. गौतमले भने,‘ दशैं पनि नजिकिदै छ। सबैले जहाँ छौ, त्यही बसेर दशै मनाऔं।’

त्यसैगरी, डा. गौतमले जनस्वास्थ्यको मापदण्ड नअपनाउने व्यक्तिको लागि जरिवनाको गरिने समेत बताए।

उनले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय