देशभर २ हजार २५३ जनामा कोरोना संक्रमण, उपत्यकामा १५९९ 

पछिल्लो २४ घन्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ८६ हजार ८ सय २३ पुगेको बताए।

आइतबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १ हजार ३ ७३ , भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २२ हजार २ सय १९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन्।

हाल ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ३ सय २९ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ६४ हजार ६९ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.७ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय