‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’

स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले मौन प्रदर्शन गरेका छन्।

आइतबार चिकित्सकहरूले सरकारलाई माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन्।

केसी अहिले  टिचिङ अस्पताल रहेका छन्।

अनसनको को २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्न भएका हुन्।

अस्पतालका प्रागणमा १ बजेदेखि धर्ना तथा शान्तीपुर्ण आन्दोलनको कार्यक्रम रहेको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुभास देवकोटाले जनाकारी दिए।

सरकारले २४ घन्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्ततुत हुने चेतावनी समेत चिकित्सकले दिएका छन्।

चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्युटावर, लुटतन्त्र बन्द गर, हिजो गरेको सम्झौता कता गयो?,दुरदराजमा मेडिकल शिक्षा खै?,सरकारको नैतिकता गायव भयो जस्ता प्ले कार्ड लिएका थिए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय