डा. केसी अक्सिजनको सहायतामा, मुटुको चाल पनि ‘निकै कमजोर’

आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

उनी अनसन बसेको २१ दिन पुगेको छ।

उनलाई छाती, मांसापेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यले बताए।

‘अनशनको समय लम्बिदै जाँदा केसीलाई बढी थकान महसुस भइरहेको पाइएको छ’, डा.आचार्यले भने, ‘केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुका साथै मुटुको चाल घटबढ भइरहेको छ।’

उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको डा. आचार्यले बताए।

स्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि अहिले डा. केसीलाई अक्सिजन दिएर राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय