डा. केसीको सर्मथनमा देशभरका आवासीय चिकित्सकले सेवा बन्द गरे

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथनमा आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

डा. केसीको माग पुरा गर्न दबाब दिनको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्न भएका हुन्।

अस्पतालका प्रागणमा १ बजेदेखि धर्ना तथा शान्तीपुर्ण आन्दोलनको कार्यक्रम रहेको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.सुभास देवकोटाले जनाकारी दिए।

सरकारले २४ घन्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्ततुत हुने चेतावनी समेत दिएका छन्।

रेजिडेन्ट चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने डा. देवकोटाले बताए। तीनवटै चिकित्सा संस्थामा गरी करिब ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन्।

२१ दिनदेखि आमरण अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

उनलाई छाती, मांसापेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यले बताए।

‘अनशनको समय लम्बिदै जाँदा केसीलाई बढी थकान महसुस भइरहेको पाइएको छ, डा. आचार्यले भने, ‘ केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चाल घटबढ भइरहेको छ।’

उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको डा. आचार्यले बताए।

‘उहाँको मुटुको चाल कमजोर भइसकेको छ । कतिबेला के हुन्छ भन्ने सकिँदैन,आचार्यले भने,‘ सामान्य स्लाइनबाहेक अरु उपचार लिन मान्नु भएको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय