शनिबार २१२० नयाँ संक्रमित थपिए, मृतकको संख्या ५२८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा २१२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२९७८ जनाको पीसीआर परीक्षण गर्दा २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यसैबीच, उपत्यकामा मात्रै ११७७ जना संक्रमित भएका छन्। काठमाडौंमा एक हजार एक, भक्तपुरमा ६७ ललितपुरमा १०९ जना संक्रमित भएका छन्। ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २०४४ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७३.६ प्रतिशत निको भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६२७४० रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

देशभर ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा बसेका छन्। चार हजार २७३ जना क्वारेन्टाइनमा बसेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

सक्रिय संक्तमितको संख्या २१ हजार एक सय २ जना रहेका छन् भने। यस्तै होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना रहेका छन्। आइसियूमा २१७ जना र भेन्टिलेटरमा ३१ जना रहेको स्वास्थ्य मन्त्रलयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय