दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको मृत्युु

झापा दमक नगरपालिका ७ की ६८ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण शनिबार (आज) मृत्यु भएको छ।

महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २.३० बजे मृत्यु भएको हो।

अस्पतालमा आफन्तले उनको ठेगाना विराटनगर ३ लेखाएका छन्। तर उनको वास्तविक ठेगाना दमक ७ हो । असोज ११ गते उनी अस्पताल भर्ना भएकी थिइन्।

उनी दम र खोकीबाट पीडित थिइन्। श्वासप्रश्वासमा समस्या थपिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उपचारका क्रममा गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले जनाएको छ।

कोरोनाका कारण दमकमा मृत्यु हुनेको संख्या उनीसँगै दुई पुगेको छ। झापामा कोरोना देखिएका ९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय