राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, उत्तर काेरियाली नेता किमकाे सन्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि सैनिक अस्पताल लगिएको छ।

शुक्रबार बिहान ट्रम्प दम्पतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ७४ वर्षीय ट्रम्पको उमेर र बढी तौल भएकोले उनको स्वास्थ्यमा कोरोनाले धेरै प्रभाव पर्नसक्ने ‘द गार्जियन’ले लेखेको थियो।

ट्रम्पलाई उपचारका लागि बेथेस्डा, मेरिल्यान्डस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर लगिएको छ। उनी कोरोना पुष्टि भएको १७ घन्टापछि अस्पताल गएका हुन्।

मास्क र सुट लगाएका ट्रम्प सैनिक अस्पताल लैजान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए। तर, उनले त्यहाँ उपस्थित संवाददातासँग कुनै कुरा गरेनन्।

उत्तर कोरियाका नेता किम जोङ उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहानुभूतिको सन्देश पठाएका छन्। उनलेे ट्रम्पकाे स्वास्थ्यलाभकाे कामना गर्दै  छिट्टै कोरोना भाइरसबाट निको हुने आशा व्यक्त गरेकाे उत्तर कोरियाली सरकारी मिडियाले शनिबार जनाएकाे छ।

किमले ट्रम्प र उनकी श्रीमतीप्रति सहानुभूति र न्यानाे अभिवादनकाे सन्देश पठाएकाे केसिएनएकाे रिपोर्टमा जनाइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय