वीरगन्जमा ५ वर्षे बालकदेखि ७७ वर्षे वृद्धमा संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पिसिआर परीक्षणमा ७ महिला र २८ पुरुष गरी ३५ जनामा संक्रमण देखिएको हो।

थपिएका संक्रमितहरू पर्सा, बारा, रौतहट र कास्कीका नागरिकसमेत रहेका छन्। जसमा सबैभन्दा धेरै बाराका बासिन्दा हुन्।

विभिन्न स्थानबाट संकलन गरिएको स्वाबका नमुनाहरूलाई परीक्षण गर्दा ५ वर्षीय बालकदेखि ७७ वर्षीय वृद्धसम्म रहेका थप ३५ जनामा संक्रमण पाइएको हो।

शुक्रबार राति प्रयोगशालामा कुल १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा संक्रमण पाइएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार संक्रममितमध्ये बाराका १७ जना, पर्साका १५ जना ,रौतहटका २ जना र कास्कीका एक जना रहेका छन् । शुक्रबार राति प्रयोगशालामा परीक्षण भएको मध्ये बारा जिल्लामा पनि ५५ जनाको परीक्षण गर्दा १७ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये जितपुरसिमरा उपमहानगरपालिका वडा १ का ६ ,वडा २ का ४ जना, वडा ७ का २ जना र वडा १५ का एक जना रहेका छन्।

बारागढी गाउँपालिका २ का एक जना, परवानीपुर गाउँपालिका २ का एक जना र महागढीमाई नगरपालिका ११ का एक जना र कलैया उपमहानगरपालिकामा पनि एक जना संक्रमण पुष्टि भएको छ।

पर्सामा १५ जना संक्रमण पुष्टि भएकोमा वीरगन्जस्थित एनएमबी बैंकका २ जना कर्मचारीमा संक्रमण थपिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १३, १४, १५ र १६ का एकरएक जनागरी ६ मा संक्रमण पुष्टि भएको छ।

कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मा ४ जना र वडा नम्बर ५ मा एक जना संक्रमित भएका छन भने बहुदरमाई नगरपालिका वडा नम्बर २ र ७ मा एक-एक जना, पोखरिया नगरपालिकामा एक जना र जिराभावानी गाउँपालिकामा एक जना संक्रमित थपिएको छ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ का एक जना र सोननिया वडा ८ का एक जना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय