संक्रमण भएकाे १६ दिनपछि २५ वर्षीया युवतीको मृत्यु

कोरोना संक्रमण पुष्टि भएर उपचारार्थ रहेको १६ दिनपछि २५ वर्षीया युवतीको बाँकेमा मृत्यु भएको छ।
कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका ९ बाँके गाउँकी युवतीको मृत्यु भएको हो।

उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार धनगढी उपमहानगरपालिका-२, सन्तोषी टोल स्थायी ठेगाना भएकी ती युवती एक वर्षदेखि बाँकेगाउँमा डेरा गरेर बस्दै आएकी थिइन्।

कोरोना संक्रमित आशंकामा भदौ ३० गते स्वाब परीक्षण गर्दा सोही दिन आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको थियो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई सोही दिन भेरी अस्पताल नेपालगन्जको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गराइएको केन्द्रद्वारा जारी रिपोर्टमा उल्लेख छ।

आइसोलेसनमा उपचाररत ती युवतीको स्वास्थ्यमा सुधार नआएपछि रेमडिसिभिर र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि अवस्था बिग्रँदै गएपछि शुक्रबार बिहान ११ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

युवतीको ज्यान बचाउन हरसम्भव प्रयास गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बेलुका ४ बजेर ४५ मिनेटमा दुवै साइडको फोक्सोको निमोनियाबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
बाँकेमा कोरोना संक्रमित १९ जनाको मृत्यु भएको छ।

बिहीबार मात्रै बाँकेमा एक चिकित्सकसहित ३ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय