किरिया बसेका १३ जनामा कोरोना संक्रमण

हेल्थपोस्ट/झापा
प्रकाशित
२०७७ असोज १६ गते १८:२०

किरिया बसेका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। आमाको मृत्युपछि काजकिरियामा बसेका एकै परिवारका १३ जनामा संक्रमण देखिएको हो।

झापाको मेचीनगर नगरपालिका–८ की ७२ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

उनको १३ दिने काजकिरिया गर्न बसेका उनका छोराबुहारी, छोरीज्वाई गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।

उनले काजकिरियामा बसेका ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको बताए। ती संक्रमित बृद्धाको असोज ४ गते मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय