अफिनले भन्यो— निजी ल्याबका माग नाजायज छैन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज १६ गते १७:३७

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले निजि ल्याबहरूले लिदैँ आएको पिसिआर शुल्क बढी नभएको जनाएको छ।

शुक्रबार अफिन तथा पिसिआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुबीच बसेको वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न जनाएको छ।

निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने व्यहोरा पनि अफिनले जनाएको छ।

अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्ने तर्पm विशेष जोड दिंदै पिसिआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन¬ जोडदार गरेको प्रेस विज्ञप्ती मार्फत जनारकरी दिएको छ।

यो विषयको समसया समाधान गर्ने अफिन को सकारात्मक सहयोग गर्ने जनाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध समेत गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय