कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आठवटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनका अनुसार मृत्यु हुनेमा मोरङमा २७, ललितपुरमा ३२ र ७०, मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यसैगरी, भक्तपुरमा ६१ र ५१ काठमाडौंमा ६७, सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय