कर्तव्यनिष्ट चिकित्सक गुमाउनु पर्‍योः स्वास्थ्य मन्त्रालय

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज १६ गते १६:५८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार निधन भएका चिकित्सक हरि सापकोटाको निधनप्रति दुःख व्यक्त गरेको छ। एक विज्ञप्तीमार्फत श्रद्धाञ्जली व्यक्त गर्दैै डा. सापकोटाको निधनले एक कर्तव्यनिष्ट चिकित्सक सरकारले गुमाउनुपरेको बताएको छ।

कोरोना संक्रमण भएपछि दुई सातादेखि भेरी अस्पतालमा उपचाररत अर्थोपेटिक चिकित्सक हरि सापकोटाको बिहीबार ३ बजेतिर निधन भएको थियो।

लामो समयदेखि सुगरको समस्या रहेका सापकोटाको निधनले चिकित्सा क्षेत्रमा अपूर्णनिय क्षति भएको पनि मन्त्रालयले जनाएको छ।

दुई दशकदेखि सरकारी चिकित्सा क्षेत्रमा कार्यरत डा. सापकोटा इमानदार, कर्तव्यनिष्ट र अनुशासित रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

‘कोरोनाबाट सिकिस्त भइ उपचाररत चिकित्सक सापकोटाको बिहीबार निधन भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कर्तव्यनिष्ट चिकित्सक गुमाउनुपरेको छ,’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय