भक्तपुरमा हालसम्मकै बढी १९६ जनामा कोरोना संक्रमण, सचेत रहन मन्त्रालयको अनुरोध

भक्तपुरमा शुक्रबार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्म कै उच्च हो।

आजभोली भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म भक्तपुरमा २ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

शुक्रबार देशभर २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। सो संख्या हाल सम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाीडभाड हुने ठाउँमा संक्रमण फैलिने दर बढिरहेको भन्दै सचेत रहन समेत सबै सर्वसाधारणमा अनुरोध गरेको छ।

शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमण संख्या तीब्र गतिमा फैलिरहेको बताए।

उनले संक्रमणबाट बच्चनको लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरे।

सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना नगर्नाले संक्रमण संख्या बढेको भक्तपुर जनस्वास्थ्य केन्द्रका प्रमुख कृष्णबहादुर मिजार बताउँछन् ।

‘अहिले जताजतै भीडभाड भएको देखिन्छ । मानिसहरू मास्क नलाई हिडेका छन् । कतै सामाजिक दुरी कायम छैन, उनले भने, ‘मानिसहरूमा कोरोना केहि होइन भन्ने भ्रम परिरहेको छ।’

उनका अनुसार स्बाव संकलन गरिसकेका व्यक्तिहरु पिसीआर रिर्पोट नआएसम्म क्वारेन्टाइनमा नबसी बाहिर निस्किएको हुनाले संक्रमण बढेको हो।

जनस्वास्थ्यको मापदण्ड पालना नगरेसम्म संक्रमित संख्या बढिरहने उनले बताए ।

भक्तपुर नगरपालिकामा संक्रमित बढ्नुको कारण होम आइसोलेसन बस्न योग्य घर नभएको बताए ।

उनले एउटै घरमा ३–४ जना परिवारको बसाई र एउटै शौचालय र एउटै भान्छा भएको कारण संक्रमित परिवारको कन्ट्क्ट टेसिंगको रिर्पोट धेरैजसो पोजेटिभ आएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय