नेपालमा ६० हजार ६९६ जना कोरोना मुक्त

२४ घन्टामा ३ हजार ३ सय ७ जना कोरोना मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुने संख्या ६० हजार ६ सय ९६ पुगेको छ।

त्यसैगरी, आज देशभर २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ८२ हजार ४ सय ५० पुगेको बताए।

आज थपिएको संक्रमित संख्या हाल सम्मकै उच्च हो।

त्यसैगरी, शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ।

शुक्रबार देशभर २१ हजार २ सय ३४ संक्रिय संक्रमित र होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय