पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ।

आजको थप भएको संख्या हालसम्मकै उच्च हो।

शुक्रबार देशभर २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ८२ हजार ४ सय ५० पुगेको बताए।

शुक्रबार देशभर २१ हजार २ सय ३४ संक्रिय संक्रमित र होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना रहेका छन्।

गत २४ घन्टामा ३ हजार ३ सय ७ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ६० हजार ६ सय ९६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय