अनुमतिबिनै सिटिइभिटीका कोटा निर्धारण

चिकित्सा शिक्षा आयोगको अनुमति बिना सिटिइभिटीले स्वास्थ्य कार्यक्रमका सिट निर्धारण गरेको पाइएको छ। आयोगसँग समन्वय नै नगरी सिटिइभिटीमा पत्र पठाइएको छ।

आफ्नो अनुमतिबिना स्वास्थ्य कार्यक्रमतर्फका सिट निर्धारण गरेपछि स्पस्टिकरणका लागि आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् -सिटिइभिटीलाई पत्र पठाएको हो।

शिक्षा ऐनअनुसार सिटिइभिटीले कुनै पनि स्वास्थ्य कार्यक्रमका पढाइका लागि सिट निर्धारण गर्दा चिकित्सा शिक्षा आयोगको अनुमति वा स्वीकृति लिएपछि मात्र सिट निर्धारण गर्न पाइन्छ।

तर, यस वर्ष सिटिइभिटीले अनुमति नलिई नर्सिङ, एचए, डिप्लोमा अफ इन्जिनियरिङका स्वास्थ्य कार्यक्रममा सिट निर्धारण गरी विद्यालयलाई पढाइको अनुमति दिएको छ।

यसरी आफूखुसी अनुमति दिएपछि अनुमतिबिना किन सिट निर्धारण गरेको भनेर पत्र पठाइएको आयोगका सूचना अधिकारी सिमन्तराज अधिकारीले जानकारी दिए।

सिटिइभिटीले आफ्नो मानोमानी गरेर सिट तोकेको उनी बताउँछन्। ‘हामीले सिटिइभिटीले निर्धारण गरेको सिट स्वीकृत गरेका छैनौं। हामीले स्वीकृत नगरेसम्म विद्यार्थीहरु काउन्सिलमा दर्ता हुन पनि पाउँदैनन्,’ उनले भने।

सिटिइभिटीले भने आयोगको स्वीकृति लिएको बताएको छ। सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले भने, ‘पुराना कलेजहरुको सिट निर्धारण गर्दा अनुमति लिएका छौं। पहिले नै कोटा निधारण भइसकेपछि हरेक वर्ष सोधिरहनुपर्ने जरुरी हुँदैन।’

उनले आफूहरु कानुनी बाटोबाटै गएर विद्यालय तथा कलेजहरुलाई अध्यापन अनुमति दिएको बताए। ‘हामी कानुनी तौर तरिकाबाटै चलेका छौं र पहिलेकै अनुसार कोटा निर्धारण गरेर अनुमति दिँदा केही गल्ती गरेका छैनौं,’ वाग्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय