पिजी परीक्षा तोकिएकै समयमा हुने,७ हजार ८ सयले फर्म भरे
स्नात्तकोत्तर तहको पिजीको प्रवेश परीक्षा तोकिएकै समयमा हुने राष्ट्रिय चिकित्सा शिक्षा आयोगले जनाएको छ।
आयोगले परीक्षाको लागि असोज २७, २८ र २९ गते मिति तोकेकोमिति तोकेको छ।
परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले ७ हजार ८ सय जनाले फर्म भरेको बताए।
‘तोकिएको समयसम्म ७ हजार ८ सयको हाराहारीमा फर्म भरेका छन्, डा. गिरीले भने,‘ आयोगले तोकिएको समयमा परीक्षा सञ्चालन हुन्छ।’
एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएससी नर्सिङ, एमएससी लगायतका विषयमा परीक्षा लिँदै छ।
आयोगले विभिन्न विषयमा १ हजार ६ सयको सिट निर्धारण गरेको छ।
परीक्षा सञ्चालनको तयारीमा जुट्दै गरेको डा.गिरीले बताए।
चिकित्सा शिक्षा नियमावलीमा खुलातर्फ ५०, सरकारी चिकित्सकलाई ४० र विदेशीलाई १० प्रतिशत सिट निर्धारण गरिएको छ। तर, सरकारको यो निर्णय विभेदपूर्ण रहेको गैरसरकारी चिकित्सकले विरोध जनाउँदै आएका थिए।
उनीहरूले खुल्लातर्फ सिट संख्या बढाएर ७० र्पुयाउने, सरकारीलाई २० र विदेशीलाई १० प्रतिशत बढाउन माग आएका थिए।
तर, सरकारले अहिले नै नियमावली सञ्याउन नसकिने भन्दै परीक्षाको तयारी अगाडी बढाएको छ।