प्रदेश ५ सरकारले थप्यो कोरोना कोषमा १० करोड

प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । यसअघि पनि कोषको स्थापना गर्दा प्रदेश सरकारले १० करोड रकम छुट्याएर कोषको घोषणा गरेको थियो।

उक्त कोषमा विभिन्न संघ संस्था, कर्मचारीका साथै व्यक्तिहरुले सहयोग रकम संकलन गर्दै आएका छन्। यस अघि प्रदेश कोरोना कोषमा करिब २३ करोड रकम जम्मा भएको थियो।

त्यसमध्ये २१ करोड खर्च भइसकेको सामाजिक विकास मन्त्रालयका लेखाअधिकृत मीनबहादुर घर्तीले जानकारी दिए।

मन्त्रिपरिषद बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

उक्त मन्त्रालयमा गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्वीकृत गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय